आज घोषणापत्र सार्वजनिक गर्दै एमाले

काठमाडौ: नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । एमालेले च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजे घोषणापत्र जारी गर्ने भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नु हुनेछ ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेको छ । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।


प्रकाशित | ९ बैशाख २०७९, शुक्रबार ०९:०७