कागेश्वरी मनोहरा नगरपालिकाले भदौ महिनाभरि नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले भदौ महिनाभरि एक महिने नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने भएको छ । नगरपालिकाले भदौ १ गतेदेखि मसान्तसम्म नि:शुल्क फिजियोथेरापी सेवा संचालनमा ल्याउने भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाका अनुसार वडा नंं ४ को डाँछी स्थित संस्थाको भवनमा सेवा संचालन हुनेछ भने ९ वटै वडा कार्यालयमा गाडीको सेवा उपलब्ध भएकाले सेवा लिन नगरबासी सबैमा अपिल गर्नु भएको छ ।


प्रकाशित | ३१ श्रावण २०८०, बुधबार २१:४४