काँडाघारीका करिब ५ हजार घरधुरी शुद्ध खानेपानीको पहुँचमा पुग्दै, छिटो काम सक्न ठेकेदारलाई कागेश्वरीका मेयर कार्कीको निर्देशन

काठमाडौं । काँडाघारीबासीलाई घरघरमा शुद्ध खानेपानी पुर्याउन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की सक्रियतापूर्वक लागिपर्नु भएको छ । कागेश्वरी वडा नंं ७ र ९ का ४ हजार ६ सय घरधूरीलाई खानेपानीको ब्यवस्था गर्ने उद्देश्य अनुरुप मेयर कार्कीले सक्रियता बढाउनु भएको हो ।

कार्की काँडाघारीबासीलाई आउँदो साउन मसान्तसम्म सबै घरमा धारा जडान सम्पन्न गरि पानी खसाल्ने योजनालाई कार्यान्वयन गर्न लागिपर्नु भएको हो । पछिल्लो समय काममा ढिलासुस्ती भएको गुनासोपछि नगर प्रमुख कार्कीले उपभोक्ता समिति र निर्माण ब्यवसायी तथा सरोकार निकायलाई राखेर निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

निर्माण सम्पन्न गर्नुपर्ने समय सकिन अब दुई महिना मात्र बाँकि रहँदा निर्माण कार्यलाई तीब्रता दिन र समयमै खानेपानी घरघरमा पुर्याउने कार्यमा विलम्ब नगर्न भन्दै मेयर काकीे आफै एक्सनमा उत्रीनु भएको हो ।

मेयर कार्कीले निर्माण ब्यवसायीलाई कुनै पनि बहनामा ढिलासुस्ती नगर्न आग्रह गर्नुभयो । निर्माण कार्य सहजतका लागि नगरपालिकाले जस्तोसुकै सहयोग गर्न तयार रहेको तर सयममा काम सकाउने गरि कामलाई गति दिन निर्माण ब्यवसायीको ध्यानर्कषण गराउनुभयो ।

मेयर कार्कीले पिच र ढलान गर्ने काम जतिसक्दो छिटो सम्पन्न गर्न पनि आग्रह गर्नुभयो । स-साना कुरामा अल्झेर कामको गतिलाई नरोक्न र फास्ट ट्याकमा काम सक्नका लागि वडा नंं ९ का वडाध्यक्ष संयोजक र ७ का वडाध्यक्ष सहसंयोजक रहने गरि सात सदस्यीय समन्वय समिति पनि गठन गरिएको जानकारी गराउनुभयो ।

सरोकारवाला समिल्लित बैठकमा निर्माण ब्यवसायीले आफूलाई कुनै समस्या नभएको बताउँदै विशेष कारणवश काममा ढिलाई भए पनि अब भने कामको गति बढाउने र समयमै निर्माण कार्य सक्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बैठकममा वडा नंं ७ का वडाध्यक्ष भिमसेन थापाले अहिलेको कामको गति निकै सुस्त रहेको भन्दै यही गतिले समयमा काम सम्पन्न नहुने भन्दै निर्माण ब्यवसायीको ध्यानर्कषण गराउनुभयो ।

बैठकमा वडा नंं ९ का वडाध्यक्ष अनील थापा, नगरपालिका योजना शाखा प्रमुख नवीन पाण्डे, प्राविधिक हेमन्त न्यौपानेलगायत उपभोक्ता समिति र सरोकारवाला तथा स्थानीयको सहभागिता रहेको थियो ।

निर्माण अन्तर्गत अहिलेसम्म ३८ किलोमिटर पाईपलाईन विछ्याउने काम सम्पन्न भएको छ । ठूलो पानी ट्यांकी ४ लाख ५० हजार लिटर र अन्डर गाउण्डको २ लाख ५० हजार लिटर क्षमताको निर्माण भइसकेको छ । अहिले बोरिगंमा पम्प हाल्ने, पाईप विछ्याएको ठाउँमा कालोपत्रे गर्ने जस्ता काम भइरहेका छन् ।


प्रकाशित | २६ जेष्ठ २०८०, शुक्रबार २०:०३