‘तीज माइती मेला’मा निश्चल र स्वस्तिमालाई सम्मान

काठमाडौँ  : ‘तीज माइती मेला २०७६’ मा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक तथा कलाकार निश्चल बस्नेतलाई सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने ‘तीज माइती मेला २०७६’ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै दुईलाई सम्मान गरिएको हो । श्रीमान श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफल समेत बनेको जोडीलाई हरेक बर्ष तीज कार्यक्रमको आयोजना गर्दै सम्मानित गरिँदै आएको आयोजकले जनाएको छ ।

ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने ‘तीज माइती मेला २०७६’ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै दुईलाई सम्मान गरिएको छ । कार्यक्रममा गायिका मिना निरौला, गायिका मञ्जु पौडेल, गायक यमन श्रेष्ठ, गायिका जुनु रिजाल लगायतको उपस्थिती रहेको थियो । ‘तीज माइती मेला’ श्रावण १८ गतेसम्म चल्ने बताइएको छ ।


प्रकाशित | १७ श्रावण २०७६, शुक्रबार १६:०८