कागेश्वरी मनोहराको ऐतिहासिक रानीधारा उद्घाटन, जगतजंग स्मृति सग्रहालय स्थापना गर्ने घोषणा

काठमाडौं। ऐतिहासिक महत्वको कला संस्कृती तथा मौलिक संम्पदा संरक्षण गर्न जनप्रतिनिधि, स्थानीय तथा युवाहरुले सक्रियता देखाउन थालेका छन् । जसको पछिल्लो उदाहरण हो कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ७ मा अवस्थित रानीधारा पुनः निर्माण ।

रानीधारा घनामंगल युथ फोरम फोर सोसाइटीमार्फत नगरपालिकाको सहयोगमा पुनः निर्माण गरिएको रानीधाराको बिहीबार नगरका प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नुभयो ।

उद्घाटन पश्चात् नगर प्रमुख कार्कीले इतिहासलाई बचाउने रानीधारा पुनः निर्माणले महत्वपूर्ण भूमीका खेल्ने बताउनुभयो ।

नगरपालिकाले ऐतिहासीक महत्वका कलासंस्कृतिलाई प्राथमिकताका साथ अघि बढाउदै आएको छ ।

अहिलेको पुस्तामाथि इतिहासलाई संरक्षण गर्ने दायित्व रहेको बताउदै मेयर कार्कीले अब जगतजंग स्मृति संग्रालय स्थापना गर्ने बताउनु भयो ।

जनताहरु दलको दलदलबाट माथी उठ्न सकेमात्र विकासनिर्माणले फड्को मार्ने उहाँको भनाई थियो । स्थानीय स्तरको विकासको लागि जनताले आफै अग्रसरता देखाउनु पर्नेमा उहाँले जोड दिनु भयो ।

सो अवसरमा बोल्नुहँदै नगरपालिकाका उपमेयर शान्त थापाले रानीधारा संरक्षणमा जोड दिनुभयो ।

वडा ७ का वडाअध्यक्ष भीमसेन थापाले पुराना मौलिक सम्पदालाई पुर्नजीवीत गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । आफ्नो प्रतिबद्धता अनुसार नै रानीधारा पुनः निर्माण भएको उहाँको भनाई थियो ।

रानीधारा घनामंगल युथ फोरम फोर सोसाइटीका अध्यक्ष भीमसेन न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा योजना शाखा प्रमुख नबिन पाण्डे, वडा नं ७ का इन्जिनियर सुमित चापागाईं, बिभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेबी र टोल सुधार समितिको उपस्थिति रहेको थियो ।

उद्घाटन भएसँगै रानीधाराको व्यस्थापन तथा संरक्षण घनामंगल युथ फोरम फोर सोसाइटीले गर्नेछ ।


प्रकाशित | २६ जेष्ठ २०८०, शुक्रबार ०७:४७