धुर्मुस-सुन्तली ‘क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सयौ कलाकारको साथ

काठमाडौं : ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा विभिन्न कलाकार पनि सहभागि भएका छन् । उनीहरुले सो अभियानको लागि खेलकुद समिति नै गठन गरेका हुन । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण हुने यो अभियानका लागि तेकवान्दो खेलाडी दिपक बिष्टको संयोजनमा फाउण्डेशनको कार्यालयमा १३ सदस्य समिति गठन गरिएको हो ।

खेलकुद समितिमा हरि खड्का (फुटवल), संगिना बैध (तेक्वान्दो), भरत शाह (भलिवल), बिनोद दास (क्रिकेट), गौरिका सिंह (पौडी), दिपक श्रेष्ठ (कराँते), रुबिना क्षेत्री (क्रिकेट), सरस्वती चौधरी (भलिवल), दिपक महर्जन (बक्सिङ), महेश्वर महर्जन (वडि विल्डिङ), शावित्री भण्डारी ‘साम्बा’(फुटवल), अनिल गुरुङ (फुटवल) र छुम्बी लामा लगायतको समिति रहेका छन ।

यस्तै रङ्गशाला निर्माण अभियानका लागि फाउण्डेशनले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई सद्भावना दुतका रुपमा समेत नियुक्त गरेको छ । जसमा ४ सदस्य सल्लाहकार समिति र सम्पुर्ण खलकुद संग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु पदेन सल्लाहकार रहने छन् ।

सल्लाहकारहरुमा किर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाली फुटवलका पूर्व कप्तान राजु शाक्य, नेपाल क्रिकेट संघका पूर्व सि।ई।ओ। भावना घिमिरे र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक समेत रहेका जगत टमाटा समितिमा रहेका छन् । त्यसका साथै यो अभियानको सद्भावना दुतका रुपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय खेलाडी सन्दिप लामिछाने रहेका छन् । समितिले रंगशाला निर्माणका लागि देश बिदेशमा बिभिन्न आर्थिक संकलनका अभियानहरु संचालन गर्ने र सबै खेलाडीहरुलाई अपनत्व ग्रहण हुने गरी सहयोग गर्ने छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार २०:०५