नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागतयोग्य, गैर आवासीय नेपालीको प्रयासले सार्थकता पायो: सोनाम लामा

काठमाडौं । गैर आवासीय नेपाली संघ, नेपाली नागरिकता निरन्तरता कार्यदलका निवर्तमान संयोजक तथा उपाध्यक्ष सोनाम लामाले नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागतयोग्य कदम भएको बताउनुभएको छ ।

लामाले एक विज्ञप्ति जारी गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागतयोग्य कदम भएको बताउनु भएको हो ।

राष्ट्रपति पौडेलले बुधबार विधेयक प्रमाणीकरण गर्नु भएको हो । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोक्नु भएको थियो ।

उहाँले विधेयक प्रमाणीकरणले गैर आवासीय नेपालीहरु खुसी र उत्साहीत बनेको बताउनुभयो । बिधेयकमा नेपालको वर्तमान संबिधानको ब्यबस्था अनुसार “गैर आवासीय नेपाली नागरिकता” को समेत ब्यबस्था रहेको छ। संविधानमा गैर आवासीय नेपालीलाई राजनीतिकबाहेक आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको प्रत्याभूति गरिएको छ ।

‘गैर आवासीय नेपालीहरुको दशकौं लामो प्रयासपछि नेपालको संबिधानमा “गैरआवासीय नेपाली नागरिकता” को ब्यबस्था हुन सकेको हो। त्यसलाई ऐन बनाउने पहलमा लामो समय देखि गैर आवासीय नेपाली संघको तर्फबाट म आफू नागरिकताको निरन्तरता कार्यदलको नेतृत्व गर्दै आएको छु’, लामाले भन्नुभएको छ, ‘यसका लागि कानुन आयोग, माननीय सांसदहरुसंग गरिएका परामर्श र ज्ञापन, नेपाल सरकार र अन्य निकायसंगको बैठक लगायत थुप्रै कुराहरु छन्। अन्तमा, यो बिधेयक सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएकोमा म आफू आभारी छु। साथै नेपाल सरकार र संघिय संसदलाइ पनि आभार प्रकट गर्न चाहन्छु।’

लामाले विगतदेखि नै नागरिकताको विषयमा नेपाल सरकार, राजनीतिक दल तथा सरोकारावाला निकायसँग निरन्तर लविगं गर्दै आउनु भएको थियो ।

कस्ता ब्यक्तीले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्छन् ? यस्तो छ संविधानमा ब्यवस्था


प्रकाशित | १७ जेष्ठ २०८०, बुधबार २१:५१