सुनको भाउ घट्यो

काठमाण्डौ : सुनको भाउ घटेको छ । बुधबार सुन तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बुधबार तोलामा ५ रुपैयाँ बढेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १३:१३