काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय

काठमाडौं – काठमाडौ उपत्यकामा जोर बिजोर लागू गर्ने निर्णय भएको छ ।  कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्न पाउँनेछ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।

सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ । स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुनेछैन ।

यस्तो छ आदेश


प्रकाशित | ६ माघ २०७८, बिहीबार २०:५२