म्यानमारमा हुने एनआरएनए एसिया प्याशिफिकको सातौ सम्मेलनको तयारी तीब्र

काठमाडौं: म्यानमारमा आगामी जुलाई ७ र ८ तारिखमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिकको सातौ तथा महिलाहरुको दोस्रो क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । सम्मेलनको लागि अतिथि तय गर्नेदेखि सम्मेलनको लागि आवश्यक तयारी तीब्र पारिएको हो ।

एनआरएनए एसिया प्याशिफिक संयोजक किरण विक्रम थापाका अनुसार सम्मेलनको तयारी तीब्र पारिएको हो । सम्मेलनको लागि होटल बुकिंगदेखि अतिथि तथा प्रतिनिधिहरुको टुंगो लगाउने कार्य अन्तिम चरणमा पुगेको संयोजक थापाले जानकारी गराउनुभयो ।  संयोजक काठमाडौंबाट गर्नुपर्ने आवश्यक  तयारी सकाएर म्यानमार प्रस्थान गर्नुभएको छ । म्यानमारमा गर्नुपर्ने आवश्यक तयारी गर्न जान लागेको संयोजक थापाले बताउनुभयो । सम्मेलन ‘प्रवासमा बस्ने नेपालीको भूमिका’ विषयमा छलफल केन्द्रित गरिने छ । सम्मेलनमा ३ सय भन्दा बढी गैर आवासीय नेपालीको सहभागिता रहने संयोजक थापाले बताउनुभयो ।


प्रकाशित | १ असार २०७६, आईतवार ११:२५