काठमाडौं उपत्यकाभित्र एक वर्षमा १ सय विद्युतीय बस सञ्चालन गरिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एक वर्षभित्रमा न्यूनतम १ सयवटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै जानकारी दिनु भएको हो ।

अर्थमन्त्री पौडेलले साझा यातायातसँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गरिने बताउनु भयो । त्यस्तै, आगामी आर्थिक वर्षमा विभिन्न स्थानमा निजी क्षेत्रको ५०० वटा चार्जिङ स्टेसन र टर्मिनल भवन निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले जानकारी गराउनु भयो ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १७:५९