श्रीमतीलाई जिउँदै जलाएर फरार गोइत पक्राउ

जनकपुरधाम: पेट्रोल छर्केर श्रीमतीलाई ज्यूँदै जलाउने धनुषाको शहीद नगरपालिका १ चिरैया टोलका २४ वर्षीय मुकेश गोइत यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत ५ वैशाखमा गोइतले श्रीमती निर्मलादेवी यादवलाई जिउँदै आगो लगाएका थिए । गम्भिर घाइते बनेकी निर्मलाको उपचारका क्रममा काठमाडौंको किर्तिपुरस्थित मोडल अस्पतालमा वैशाख १६ गते मृत्यु भयो । घटनापछि फरार मुकेशलाई प्रहरीले विशेष सूचनाको आधारमा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकीले पक्राउ गरेको हो । पक्राउ परेका मुकेशलाई धुनषा प्रहरीमा दाखिला गरिएको हो


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १८:१८