ओलीको निरंकुशता चाडै समाप्त हुन्छः प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताउनु भएको छ ।

ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको भन्दै प्रचण्डले ओलीको निरंकुशता केही महिना मात्र टिक्ने बताउनु भएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहले बुटवलमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले घुमाउरो भाषामा अदालतले नगरे जनताको अदालतले गर्ने उल्लेख गर्नु भयो ।


प्रकाशित | १६ माघ २०७७, शुक्रबार ०७:३०