काठमाडौं -विश्वकप कतार २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् ।
हिमालय टेलिभिजनले ग्राहकसँग कुनै पनि शुल्क नलिई खेल प्रशारण गर्न लागेको बताइएको छ । टेलिभिजनले मिडिया हबसँगको सहकार्यमा खेल प्रशारण गर्न लागेको हो ।
यो पटक विदेशी च्यानलमा हेर्न नमिल्ने भएपछि ‘पे पर भ्यू’ मोडलमा विश्वकप देखाउन लागिएको छ । नेपालको प्रसारण अधिकार पाएको मिडिया हबसँग टेलिभिजनले प्रसारण शुल्क समेत नलिई ६४ वटै खेल देखाउन लागेको बताइएको छ ।
सन् १९९८ देखि नेपालमा विश्वकप प्रसारणको अधिकार निरुन्तर रुपमा मिडिया हबले लिँदै आएको छ ।
प्रकाशित | ५ कार्तिक २०७९, शनिबार १४:१०