नेकपा (दाहाल–नेपाल) समूहको बैठक सुरू

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा (दाहाल–नेपाल) समुहको स्थायी कमिटी बैठक सुरू भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सोधिएको प्रष्टिकरणको जवाफ नआएपछि कारबाहीको तयारी भएको जानकारी प्राप्त भएको छ ।
बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ । नेकपाले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने छ ।


प्रकाशित | ११ माघ २०७७, आईतवार १४:३९