सूर्यविनायक नगरपालिकाको न्यायिक समितिद्धारा पूर्वका पाँँच वटा पालिकामा अवलोकन भ्रमण (फोटोफिचर)

भक्तपुर: सूर्यविनायक नगरपालिकाको न्यायिक समितिले पूर्वका पाँच वटा स्थानीय तहमा अवलोकन भ्रमण गरेको छ । न्यायिक समिति संयोजक तथा उपमेयर सरिता तिमिल्सिना भट्टराईको नेतृत्वमा गएको टोलीले पूर्वका पाँच वटा पालिकामा अवलोकन भ्रमण गरेको हो ।

टोलीले ताप्लेजुङको फुंगलिंग नगरपालिका, ईलामको ईलाम नगरपालिका र सूर्योदय नगरपालिका, झापाको दमक नगरपालिका, मोरङको विराटनगर महानगरपालिकामा अवलोकन भ्रमण गरेको हो ।

विभिन्न पालिकाहरुका न्यायिक समिति सँग भेटघाट, अनुभव साटासाट, उपप्रमुखहरुको प्रमुख जिम्मेवारीमा रहेका अनुगमन समिति , राजस्व परामर्श समितिले गरिरहेका काम र जिम्मेवारीको अन्य नगरपालिकाहरुले गरेका असल अभ्यासहरुका बारेमा जानकारी प्राप्त भएको उपमेयर तिमिल्सिनाले जानकारी दिनुभयो

उहाँका अनुसार एक स्थानिय तहले अर्को स्थानिय तह सँगको व्यवसायिक तथा सेवामुलक सौहार्द सम्वन्ध विकास तथा केहि कार्यविधिहरुमा एकरुपताको सुरुवात गर्न सकिने बोरमा समेत छलफल भएको थियो ।

‘संस्थागत अवलोकन पश्चात नगरपालिकालाई शुसासित र स्थानीय स्तरको दिगो विकासका लागि अन्य पालिकाहरुले गरेका प्रयासहरुको सिकाई प्राप्त भयो,’ उपमेयर तिमिल्सिनाले भ्रमणको अनुभव बारे भन्नुभयो ।

भ्रमण टोलीमा उपमेयर तिमिल्सिनासहित न्यायिक समिति सदस्य विनय महत, वासुदेव पोखरेल, ईजलास अधिकृत सुरज पौडेलसमेत सहभागि हुनुहुन्थ्यो ।

May be an image of 7 people
May be an image of 7 people and people studying
May be an image of 6 people
May be an image of 3 people, television and text
May be an image of 8 people, temple, hospital and text
May be an image of 2 people, people smiling and temple
May be an image of 3 people, people smiling and text
May be an image of 6 people and dais
May be an image of 3 people, slow loris and text
May be an image of 8 people and text

प्रकाशित | २७ बैशाख २०८०, बुधबार २१:००