बर्षाको कारण नेपाल र युएईबीचको फाइनल खेल रोकियो

काठमाडौं -काठमाडौंको टियु क्रिकेट मैदानमा जारी एसीसी मेन्स प्रिमियर लिगको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण रोकिएको छ ।

टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको हो ।


प्रकाशित | १८ बैशाख २०८०, सोमबार १०:४०