प्रदेश १ को राजधानी विराटनगर तोकियो : ९३ मतमध्ये ८६ मत विराटनगरको पक्षमा

मोरङ: प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । आज बसेको प्रदेश सभामाको बैठकले विराटनगरलाई प्रदेश राजधानी तोक्ने निर्णय गरिएको हो । प्रदेश सभामा मतदानको प्रक्रियाबाटै राजधानीको फैसला गरिएको छ । प्रदेश सभामा भएको मतदानमा विराटनगरको पक्षमा ८६ मत खसेको छ । प्रदेश सभामा कुल ९३ मत खसेको थियो । उता प्रदेश नामाकरणको भने टुंगो लाग्न सकेको छैन ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार २१:४६