नेकपा सचिवालय बैठक बस्दै

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बस्दैछ । सचिवालय बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । विभिन्न विभागहरु गठन र केन्द्रीय सदस्यको कार्य विभाजनको टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो । आज बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । यसअघि पटक–पटक ओली र प्रचण्डबीच यस विषयमा छलफल भइसकेको थियो । यसअघि जेठ १८ र २० गते बोलाइएका सचिवालय बैठक छलफल नटुंगिएको भन्दै स्थगित गरिएको बैठक आजका लागि तय भएको हो ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १३:२७