इंग्लिस प्रिमियर लिग: टोटनहम र म्यानचेस्टरको बराबरी

एजेन्सी –दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

टोटेनहम हटस्पर स्टेडियम लन्डनमा बिहीबार राति भएको खेलको सातौं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले १–० को अग्रता लिन सफल भएको थियो । ४४औं मिनेटमा रासफर्डले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

सुरुवाती दुइ गोल गरेता पनि अगूता जोगाउन नस्कदा युनाइटेडले ५६औं मिनेटमा पेड्रो पोरो र ७९औं मिनेटमा सनले गोल गर्दै युनाइटेडलाई जितबाट वञ्चित गराए ।

यस बराबरीसँगै युनाइटेड ३१ खेलबाट ६० अंक जोडेर चौथो स्थानमा यथावत छ । टोटेनहम ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा छ ।


प्रकाशित | १५ बैशाख २०८०, शुक्रबार ०८:५०