प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

नयाँ बानेश्वरमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गर्नु भएको थियो । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरेका हुन् ।


प्रकाशित | ८ पुष २०७७, बुधबार १६:१७