एनआरएन साउदी अरबले तोक्यो नयाँ सदस्यता शुल्क, यो बर्ष १२ रियाल कायम

साउदी अरव । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले यो बर्ष एनआरएनए सदस्यता शुल्क कूल १२ साउदी रियाल निर्धारण गरेको छ। अघिल्ला बर्षहरुमा आइसिसिलाई बुझाउनु पर्ने ३ डलर सहित ३८ साउदी रियाल लिइएको थियो भने यो बर्ष देखी संघको अन्तरराष्ट्रिय समन्वय परिषदलाइ बुझाउनु पर्ने ३ डलर स्वरूप १२ साउदी रियाल प्रति व्यक्ती शुल्क बाहेक अतिरिक्त शुल्क नलिने निर्णय गरिएको हो ।

संघको १२-मार्च-२०२१ का दिन बसेको ११ औं पूर्ण बैठकद्वारा अनलाइन सदस्यता शुल्क बारे घनिभूत छलफल पश्चात सर्वसम्मतिले पारित गरी आइसिसिलाइ बुझाउनु पर्ने शुल्क बाहेक अन्य अतिरिक्त शुल्क नलिने निर्णय गरिएको हो। साउदी अरबमा काम गर्ने हरेक श्रमिकको साझा छाता संगठन गैर आवासिय संघमा हरेक श्रमजिबी श्रमिकहरुको पहुंच सहजै पुगोस भन्ने उध्देश्यले यो बर्ष देखी साउदी अरबले अतिरिक्त सदस्यता शुल्क नलिने निर्णय गरेको हो।

अत: साउदी अरबमा कार्यरत सम्पूर्ण संघ संस्था, समाजसेवी, बुध्दिजिबी, मिडियाकर्मी लगायत सम्पूर्ण नेपालीहरुमा यो सन्देश अधिक शेयर गरी एनआरएनए साउदी अरबको सदस्यता लिनको लागि सादर अनुरोध गर्दछौं। साउदी अरबका बिभिन्न क्षेत्र रियाद, पुर्बी क्षेत्र: खोबर्-अलहासा-कातिफ-तरुत-जुबेल्-रहिमा-अव्किक, अलकासिम क्षेत्र, ताबुक, जिजान साथै पश्चिमी क्षेत्र जेध्दामा संघको सदस्यता प्रमाणीकरणको लागि देहायका पदाधिकारीहरु लाई निम्न नम्बरमा संपर्क गर्न सक्नु हुनेछ।

सदस्यता प्रमाणित गर्ने अधिकारिक पदाधिकारी हरु:

क्र.स नाम क्षेत्र संपर्क नं
1 श्री नारायण पासवान रियाद 0558517861
2 श्री धुर्ब कुमार रिजाल जेध्दा 0505910744
3 श्री डमर यादव पुर्बी क्षेत्र 0596563050
4 श्री बिशाल कुमार श्रेष्ठ अलकासिम 0535470253
5 श्री रोशन श्रेष्ठ पुर्बी क्षेत्र 0545226844
6 श्री उमेश भट्टराई पुर्बी क्षेत्र 0596251661
7 श्री लाल बहादुर मगर- जिनान, आभा,खामिस 0561541062
8 श्री अर्जुन थापा ताबुक 0505783640
9 श्री योगेन्द्र श्रेष्ठ सबै क्षेत्रको केन्द्रिकृत 0583370250

सदस्यता नविकरण र नयाँँ सदस्यता लिनको लागि संघको माथिल्लो निकाय आइसिसी संग यथा शिघ्र समन्वय गरी अनलाइन प्रविधी सहित छिट्टै जानकारी गराइने जनाइएको छ ।


प्रकाशित | ५ चैत्र २०७७, बिहीबार ०८:३६