यूके, आयरल्याण्ड, डेनमार्क, स्पेन र अष्टीयाको संयुक्त आयोजनामा युवा लक्षित कार्यक्रम हुँदै

लन्डन – यूरोप क्षेत्रका यूके, आयरल्याण्ड, डेनमार्क, स्पेन र अष्टीयाको संयुक्त आयोजनामा युवा लक्षित कार्यक्रम हुने भएको छ । ‘गैर आवासीय युवाको पहिचान, राष्ट्र निर्माणमा युवा अभियान’ विषयमा युवा लक्षित कार्यक्रम हुन लागेको हो ।

भर्चुअल रुपमा आयोजना गरिन लागिएको कार्यक्रमलाई नेपाल पत्रकार महासंघ यूरोप शाखाले पनि संयोजन गरेको छ । डिसेम्बर महिनाको १९ तारिख शनिबारका दिन नेपाली समय १७ ः ४५ मा सुरु हुनेछ । कार्यक्रमलाई एनआरएनएको फेसबुक पेज र अन्य पेजहरुबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।

कार्यक्रम युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारको प्रमुख आतिथ्यमा हुनेछ भने गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र युवा संयोजक हिमाल गुरुङ विशेष अतिथिको रुपमा सहभागि हुनुहुनेछ ।

कार्यक्रममा वक्ताको रुपमा राष्टिय समन्वय परिषद् युकेकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा हुने कार्यक्रममा सामाजीक अभियन्ता रमेश प्रसाई, ब्लाइण्ड रक्स नेपालकी संस्थापक सुश्री केसी, एनआरएनए डेनमार्क (कलरफुल श्याडो ) की अनुजा गौतमलगायत वक्ताका रुपमा हुनुहुन्छ । कार्यक्रम एनआरएनए अष्टियाका युवा संयोजक दिनेश बैदवारले सञ्चालन गर्नुहुनेछ ।


प्रकाशित | २९ मंसिर २०७७, सोमबार १०:१९