एसीसी प्रिमियर कप: नेपालले आज साउदीसँग खेल्दै

काठमाडौं – नेपालले एसिसी प्रिमियर कपमा आज साउदी अरेवियासँग खेल्दैछ । बिहान ९ बजे मुलपानी क्रिकेट रंगशालामा खेल सुरु हुनेछ।

समूह ए मा रहेदैँ नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ । साउदी भने २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई र दोस्रो खेलमा ओमानलाई हराएको थियो । उता साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । कतारलाई ७ विकेटले हराएको थियो ।

नेपाल लगातार तेस्रो जित निकाल्न सके सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्नेछ ।


प्रकाशित | ११ बैशाख २०८०, सोमबार ०८:०२