युरोप भ्रमणले उत्साहित एनआरएनए सचिवका उम्मेदवार कृष्णजीवी पन्थ, हाल मध्यपूर्व भ्रमणमा

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने निर्बाचनमा सचिव पदका उम्मेदवार कृष्णजीवी पन्थले यूरोप भ्रमण गर्नु भएको छ ।

यूरोप भ्रमणको क्रममा विभिन्न एआरएनए एनसिसीसँग छलफल तथा भेटघाट कार्यक्रम समेत गर्नु भएको छ ।

जर्मनी , डेनमार्क, बेल्जीयम, माल्टा, पोर्चुगल र स्पेनमा भएको भेटघाट तथा अन्तर्रकृया कार्यक्रम निकै नै उत्साहपद भएको पन्थले बताउनुभयो ।

उहाँले यूरोप भ्रमणले थप उत्साहित भएको बताउँदै आफ्नो उम्मेदवारी अनुमोदन हुनेमा ढुक्क रहेको बताउनुभयो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निवर्तमान वरिष्ठ उपाध्यक्ष रहनु भएको पन्थले भ्रमणको क्रममा सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।

पन्थले संस्थालाई पारदर्शी, गतिशिल एवंम एकताबद्व गर्ने अभियान जारी राख्नु भएको छ । पन्थ हाल मध्यपूर्व भ्रमणमा हुनुहुन्छ ।


प्रकाशित | १२ आश्विन २०८०, शुक्रबार ०९:५०