त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाइँदै !

काठमाडौँ । सरकारले त्रिभुवन विमानस्थलभित्र टर्मिनल भवनबाट हवाइजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म ल्याउने डिजेल ¥याम्प बस हटाउने योजना बनाएको छ ।
यसलाई अब विद्युतीय बसले प्रतिस्थापन गर्ने योजना प्राधिकरणले बनाएको हो । सोहीअनुसार प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र समेत काटेको छ ।
पत्रमा डिजेल बस हटाएर त्यसको साटो विद्यतीय बसले प्रतिस्थापन गर्ने उल्लेख छ । प्राधिकरणले कम्पनीहरुसँग रहेका मौजुदा बसको प्रदुषण नापजाँच, हरेक सवारीको सीट संख्या, खरिद भएको वर्ष, सवारीको प्रकार समेत खुलाई प्राधिकरणमा पठाउन पत्राचार गरिएको हो ।
प्राधिकरणको यो योजनाबाट वायुसेवा सञ्चालकहरु भने बिच्किएका छन् । खासगरी कोरोना भाइरसको महामारीबाट माथि उठ्न नपाएका वायुसेवा कम्पनीलाई अतिरिक्त भार पार्ने गरी आएको योजना कार्यान्वयन गर्न समेत असम्भव हुने कम्पनीहरुको भनाइ छ ।


प्रकाशित | २४ पुष २०७७, शुक्रबार १४:२८