नेपाल-भारत सीमा ३ दिनका लागि बन्द हुने

कपिलवस्तु : भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दे कपिलवस्तुको सीमा नाका बन्द गरिने भएको छ । सीमा ३ दिनका लागि बन्द गरिने भएको हो । शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म भारतको सिद्धार्थनगर जिल्लासँग सीमा जोडिएका कपिलवस्तु र रुपन्देही सीमा नाका बन्द गरिने भएको हो । दुई देशका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको सहमतिमा सीमा नाका बन्द गर्न लागिएको र यो अवधिमा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवत–जावत गर्ने व्यवस्था मिलाइनेछ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १२:४९