मेलबोर्नको वेस्टर्न क्षेत्रमा कम्युनिटी अवार्ड कार्यक्रम सम्पन्न

मेलबोर्न : मेलबोर्नको टार्नेटमा अबस्थित सक्रिय सामाजिक संस्था Neighbourhood Watch Tarneit Central ( NHW ) को आयोजनामा International Yoga Day Celebration तथा कम्युनिटी अवार्ड सेरेमोनी कार्यक्रम सम्पन्न भएको छ । टार्नेट राइज प्राइमरी स्कुलमा सम्पन्न कार्यक्रममा Wyndham क्षेत्रमा रहेर संस्था अन्तर्गत संचालन गरेका बिभिन्न सामाजिक गतिविधिमा सक्रिय समाज सेवीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वेस्टर्न मेट्रो पोलिटन क्षेत्रका स्टेट मेम्बर अफ पार्लियामेन्ट कौशालिया भगेलाबाट समानपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा त्यस क्षेत्रमा बसोबास गर्दै आ आफ्नो तर्फबाट योगदान गर्नु हुने समाजसेवीहरुमा तिन जना नेपालीहरु पनि सम्मानित भएका छन् । सम्मान पाउनेहरुमा दिदीबहिनी समाज भिक्टोरियाका कार्यकारी सदस्य तथा वेस्टर्न क्षेत्रका संयोजक बर्षा राज भण्डारी, गैर आबासीय नेपाली संघ अस्ट्रेलियाका आईसीसी मेम्बर नारायण प्रसाद काफ्ले तथा नेपलिज एसोसीएसन अफ भिक्टोरियाका भुतपुर्ब सलाहाकार डा. युगेन्द्र  रेग्मी थिए ।

सम्मान ग्रहण पश्चात दिदीबहिनी समाज भिक्टोरियाका कार्यकारी सदस्य तथा वेस्टर्न क्षेत्रका संयोजक बर्षा राज भण्डारीले खुशी ब्यक्त गर्नु हुँदै यस सम्मानले आफुलाई भबिस्यमा अझ दत्तचित्त भई निरन्तर रुपमा सामाजिक कार्यमा लाग्न प्रेरणा मिलेको बताउनुभयो ।

गैर आबासीय नेपाली संघ अस्ट्रेलियाका आई सी सी मेम्बर नारायण प्रसाद काफ्ले तथा नेपलिज एसोसीएसन अफ भिक्टोरियाका भुतपुर्ब सलाहाकार डा युगेन्द्र  रेग्मीले यो खुशी आफुहरु लगायत सम्पूर्ण नेपालीहरु संग्ग बाँडन चाहेको बताउनुभयो । साथै आफ्नो व्यस्तताका बाबजुत समाजको लागि थोरै भए पनि योगदान गर्न पाएकोमा गर्ब महशुस भएको बताउँदै आयोजक संस्था प्रति आभार प्रकट गर्नु भएको थियो । उक्त कार्यक्रममा बिभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

बिभिन्न सामाजिक गतिविधिमा सक्रिय रुपमा भूमिका निभाउदै आएको संस्था Neighbourhood Watch Tarneit Central को मुख्य उदेश्य यस क्षेत्रमा समाजमा घट्ने बिभिन्न सामाजिक अपराधहरुलाई न्यूनीकरण गर्ने रहेको छ जसका लागि संस्थाले समय समयमा अपराध न्यूनीकरण सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । साथै यस संस्थाले अपराध नियन्त्रण गर्नका लागि अन्य सामाजिक संस्थाहरु संग्गको सहकार्यमा चेतनामुलक कार्यक्रममा पनि सहभागीयता जनाउदै आएको छ ।


प्रकाशित | २९ भाद्र २०७६, आईतवार १४:४१