उपत्यकामा सबैभन्दा कम बेरुजू हुनेमा नागार्जुन र भक्तपुरमा सूर्यविनायक नगरपालिका

भक्तपुर: महालेखा परिक्षकको ६० औं प्रतिबदेन अनुसार भक्तपुरका चार नगरपालिका मध्ये सूर्यविनायक नगरपालिका सबै भन्दा कम बेरुजु भएको नगरपालिकाको रुपमा स्थापित भएको छ । आर्थिक वर्ष २०७८/७९ मा सूर्यविनायक नगरपालिकाको चार नगरपालिका मध्ये कम बेरुजु भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सूर्यविनायक नगरपालिकामा महालेखाले गरेको लेखापरिक्षणको कुल रकमको १.०२ प्रतिशत रकम मात्र बेरुजु भएको उल्लेख गरिएको छ ।

यसै गरि मध्यपुर थिमि नगरपालिकाको १.२७ प्रतिशत, भक्तपुर नगरपालिकाको १.५६ प्रतिशत र चाँगुनारायण नगरपालिकाको २’२५ बेरुजु कायम भएको महालेखाको ६० औं प्रतिबेदनमा उल्लेख गरिएको छ ।

सूर्यविनायक नगरपालिकाले आर्थिक प्रार्दशिता तथा आवश्यक कागजात पुरा गरेपछि मात्र भुक्तानी दिने गरेकाले अन्य नगरपालिका भन्दा कम बेरुजु भएको र आगामी वर्ष शून्य बेरुजुमा झार्ने गरि लागिपरेको छ ।

उपत्यकाकामा नागार्जुन पहिलो

त्यस्तै, महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिका मध्ये नागार्जुन नगरपालिका न्यून बेरुजु कायम गरी पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा नागार्जुन नगरपालिकाको ० दशमलब २२ प्रतिशत मात्र बेरुजु कायम भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कुल ७५३ स्थानीय तह मध्ये नागार्जुन नगरपालिका सातौ स्थानमा र बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये तेस्रो स्थानमा र उपत्यकाका १८ वटा नगरपालिका मध्ये पहिलो स्थानमा सबै भन्दा कम बेरुजु भएको स्थानीय तहको रुपमा रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रकाशित | ४ बैशाख २०८०, सोमबार १६:३०