‘विदेशमा अप्ठ्यारोमा परेका ११ हजार भन्दा बढीको उद्धार गरि नेपाल फर्काइसकेका छौ’

काठमाडौं : गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गरि धमाधम नेपाल फर्काउने कार्य जारी रहेको बताउनुभएको छ । विदेशमा अप्ठ्यारोमा परेकालाई विदेशस्थित नेपाली दुतावासको संयुक्त पहलमा भारतबाहेक २० भन्दा बढी मुलुकमा समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको अध्यक्ष पन्तले जानकारी गराउनुभयो ।

‘जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएका छौ’, अध्यक्ष पन्तले भन्नुभयो, ‘विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपालमा पठाइएको छ । बाँकी शव ल्याउन सरकारसंग गैरआवासीय नेपाली संघले आग्रह गरेको छ ।’

हाल सम्म विदेशमा १३ देशमा रहेका १ सय ३० जना नेपालीको कोरोनाका कारणले ज्यान गएको एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिद्धारा संकलित तथ्यांकमा उल्लेख छ । अध्यक्ष पन्तले विश्वभर ३७ देशका नेपालीमा कोरोना भाइरसबाट प्रभावित हुनुभएको पनि जानकारी गराउनुभयो ।

अध्यक्ष पन्तले भन्नुभयो, ‘पछिल्लो तथ्यांक अनुसार १९ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् । विगत १० हप्ता देखि विदेशमा कोरोना भाइरसले नेपाली समुदायमा पारेको प्रभावका बारेका नियमित तथ्यांक संकलन गर्दै आएको स्वास्थ्य समिति लगायत विश्वभर छरिएका नेपाली चिकित्सकहरु प्रति आभार व्यक्त गर्दछु ।’


प्रकाशित | १४ असार २०७७, आईतवार १५:४७