प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओली साता ब्यापी भ्रमणको लागि भियतनाम र कम्बोडिया तर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

भ्रमणका क्रममा भियतनामसँग तीन समझदारी गर्ने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रबद्र्धन र दिपक्षीय संयन्त्रसम्बन्धी समझदारी गर्ने सरकारको तयारी छ । कुटनीतिक सम्बन्ध रहेपनि त्यो संघन हुन नसकेकाले भ्रमण तय गरिएको र दुई देशबीचको सम्बन्धलाई यो भ्रमणले थप मजबुद बनाउने तयारी रहेको जनाइएको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईलगायतको टोली रहेको छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १२:२४