उपत्यकामा निषेधाज्ञा अझै एक साता लम्ब्याउने तयारी

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा अझै एक साता लम्ब्याउने तयारी गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी उपत्यकाको निषेधाज्ञा अझै एक साता लम्बिने भएको हो । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आन्तरिक छलफलबाट निषेधाज्ञाबारे निर्णय लिने तयारी गरेका छन् ।

उपत्यकाको संक्रमणदर घटे पनि अझै जोखिमकै अवस्था रहेकाले निषेधाज्ञा थप्ने तीन जिल्लाका प्रशासनको तयारी छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा जेठ ३१ गते सकिँदैछ ।


प्रकाशित | २८ जेष्ठ २०७८, शुक्रबार १५:११