मूलपानी-पिपलबोट-ब्रम्हखेल सडकको निर्माण कार्य सुरु

काठमाडौं  -कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको पहलपछि मूलपानी- पिपलबोट-ब्रम्हखेल सडक खन्ड अन्तर्गत अलपत्र सडकको निर्माण कार्य सुरु भएको छ ।

मेयर कार्कीको नेतृत्वमा वडा नम्बर ५ का वडा अध्यक्ष शंकर पाण्डे र स्थानीय सरोकारसहितको टोलीले डिभिजन सडक कार्यलय डेलिगेसन गई निरन्तर दबाब दिएको थियो ।

विगत ६ बर्षदेखि निर्माणाधीन अबस्थामा रहेको सडकको आधा काम सम्पन्न भई बाँकी सम्पन्न हुन सकेको थिएन् । निर्माण सम्पन्न हुन बाँकि सडक खण्ड हिउँद महिनाभित्रै सम्पन्न गर्ने सहमती अघिल्लो महिना साझेदार जेभी पाटनर र सडक बिभाग बीच भएको थियो ।


प्रकाशित | २८ चैत्र २०७९, मंगलवार २१:५६