आजको मौसम कस्तो छ ? कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौं : आज देशैभरी मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो पानी पर्ने सम्भावना भएपनि हावाहुरी तथा अन्य मौसमी प्रकोपको कुनै सम्भावना देखिन्न । तथापि पहाडि भूभागमा अपरान्ह पछि आंशिक बदलिको सम्भावना छ । पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति भने देशको पूर्वी पहाडी भुभागमा आंशिक बदलि रही बाँकि भूभागमा सामान्यतया सफा रहने देखिन्छ। पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना रहेको महाशाखाले जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

महाशाखाले जारी गरेको ३ दिन मौसमको पूर्वानुमान

बैशाख २६ गते (बिहीबार):

दिउँसोः देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पहाडि भू-भागमा अपरान्ह पछि आंशिक बदलिको सम्भावना छ । पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदलि रही बाँकि भू-भागमा सामान्यतया सफा रहने देखिन्छ। पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।

बैशाख २७ गते (शुक्रवार):

दिउँसो: देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदलिको सम्भावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

बैशाख २८ गते (शनिवार):

दिउँसो: पूर्वी तथा मध्य भेग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि र बाँकी भागहरुमा आंशिक बदलिको सम्भावना छ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।

राति: पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भागहरुमा सामान्यतया सफा देखि आंशिक बदलि सम्म रहने सम्भावना छ । पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना छ ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार ०९:४०