यस पटकको विश्वकपमा प्रयोग हुने बल सार्वजनिक

काठमाडौँ । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक गरिएको छ । आगामी नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म हुने विश्वकपमा प्रयोग हुने आधिकारिक बल आयोजक कतारले सार्वजनिक गरेको हो ।

एडिडास कम्पनिले बनाएको बलको नाम ‘अल रिहला’ राखिएको छ । जसको अरबी अर्थ ‘यात्रा’ हुन्छ । ३२ टोलीको सहभागिता रहने यस पटकको संस्करणका लागि हालसम्म २७ राष्ट्र छनोट भईसकको छ ।


प्रकाशित | १७ चैत्र २०७८, बिहीबार ०९:१७