सहकारी संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी गरि नगरको समृद्धिमा सहयोग गर्न चाँगुनारायणका मेयर खत्रीको आग्रह

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सहकारी संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी गरि नगरको समृद्धिमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

नगरका सहकारीहरुसँग आयोजित अन्तरक्रिर्या कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख खत्रीले सहकारी संस्थाहरुले बचत संकलन गर्ने, ऋण लिने दिनेमा मात्र सिमीत नभई उत्पादन, सिप, रोजगार, क्षमता विकास र सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न क्रियाकलपमहरुका लागि आफ्ना सदस्यहरुलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरमा सबै नगरबासी सहकारीको सदस्य भएको र सहकारीले नगरबासीको सानो ठूलो रकम बचत गर्दै आवश्यक ऋण प्रवाह गरि आर्थिक तथा बित्तीय समस्या समाधान गरेको मेयर खत्रीले बताउनुभयो । उहाँले नगरपालिकाले नगरबासीको लागि निशुल्क रगत, विपन्न स्वास्थ्य बिमा, निशुल्क अक्सिजन, निशूलक पशु विमालगायत धेरै जनहितका कार्य गर्दै आएको जानकारी गराउनुभयो ।

नगरपालिकामा यातायातको समस्या रहेकाले त्यसको चाडै सामाधानका लागि नगरपालिका लागिपरेकाले सहकारीहरुले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निस्कृय र सक्रिय सहकारीहरुको नियमन/अनुगमन गरि सहकारी मर्चिङ्गलाई नपाले सहयोग गने र सहकारीको सुब्यबस्थापन, बचत तथा ऋण प्रवाहलाई थप मद्दत गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

 


प्रकाशित | २५ आश्विन २०८०, बिहीबार १९:२७