संस्थागत एजेन्डा र उद्देश्यलाई पूरा गर्न मेरो उम्मेदवारी: गौरीराज जोशी

काठमाडौं –  गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार गौरी राज जोशीले संस्थागत एजेन्डा र उद्देश्यलाई पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्दै महासचिवका उम्मेदवार जोशीले संस्थागत एजेन्डा र उद्देश्य पूरा गर्न कै लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको हो ।

संस्थाको मिसन र भिजन अनुसार काम गर्न आवश्यक रहेकोमा जोड दिदैं उहाँले आगामी दिनमा संस्थालाई अझ बढी पारदर्शी र संस्थागत बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

गैर आवासीय नेपालीका लागि दोहोरो नागरिकता, लगानी, विदेशी ज्ञान, सिप र प्रविधि हस्तान्तरण, वैदेशिक रोजगारीलाई ब्यवस्थित लगायत गैर आवासीय नेपालीहरुको भावनालाई समेट्ने गरि उहाँँले आफ्ना एजेन्डाहरु अगाडि सार्नु भएको छ ।

एनआरएन अभियानदेखि सामाजीक कार्यमा सक्रिय जोशीले विश्वभरिका अग्रज, अभियन्ताहरुको माग र सबैको सरसल्लाह तथा सुझावअनुसार सचिवको सफल कार्यकालसँगै महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयो ।

जोशीले एनआरएनको संस्थागत विकासमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । जोशीले एनआरएनए भवनदेखि, शंख्खमूल पार्क हुँदै नेपालमा बाढी पहिरो, हावाहारी जस्ता विपत्तीमा महत्वपूर्ण योगदान पु¥याउनु भएको हो ।

निस्वार्थ हिसावले सामाजीक कार्य गर्दै आउनु भएको जोशीले एनआरएनए भवनमा १० हजार डलर, शंख्खमूल पार्कमा ३ लाख ५० हजार, एनआरएनए मोबाइल ब्लर्ड बैंक बस परियोजनामा ६ लाख, कोभिड महामारीमा १० लाख आर्थिक सहयोग गर्नु भएको छ ।

त्यस्तै, उहाँले चितवनमा छात्रावासाको लागि ६० लाख सहयोग गर्नु भएको छ भने चेपाङ समुदायका बालबालीकालाई निशुल्क रुपमा पठाउँदै पनि आउनु भएको छ । यसका अलवा उहाँले धेरै सामाजीक संघसंस्थामा आर्थिक तथा भौतीक सहयोग पु¥याउँदै आउनु भएको छ । जोशी एनआरएनमा योगदानको हिसावले निकै नै अगाडि हुनुहुन्छ ।

हाल अमेरिकाको टेक्ससमा बस्दै आउनु भएको जोशी नेपालको चितवनमा जन्मिनु भएको हो । जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका प्रवेश गर्नु भएको थियो । अमेरिकामै आइटीको अध्ययन पुरा गदै उतै आइटीको ब्यवसाय शुरु गर्नु भएको जोशी हाल आइटीबाहेक रियल स्टेटको कारोबारमा पनि संलग्न हुनुहुन्छ ।

सन् २००५ देखि एनआरएनए अभियानमा जोडिनु भएको जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर पनि काम गरिसक्नु भएको छ । उहाँले निकै नै उदाहरणीय कार्य गरेर नेपाली समुदायको मन जित्दै आउनु भएको छ ।

यता एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य रहनु भएको जोशी सन् २०१५ देखि एनआरएनएमा जिम्मेवारीसँगै सक्रिय हुनु भयो । उहाँले सन् २०१५–२०१७ मा एनआरएनए अमेरिकाज्को क्षेत्रीय संयोजकको जिम्मेवारी बहन गर्नु भयो ।

जोशीले क्षेत्रीय संयोजक हुँदा सबैभन्दा सक्रिय भएर काम गर्नु भयो । संस्थामा योगदान पु¥याएकै कारण उहाँले सन् २०१९–२०२१ को कार्यकालको लागि सबैको मन जित्दै सचिवमा पनि विजयी हुनुभयो । अमेरिकाज् क्षेत्रमा केहि नमूना कार्य गरेर देखाउनु भएको जोशीले केन्द्रमा आएपछि महत्वपूर्ण जिम्मेवारी पाउनु भयो ।

उहाँलाई स्मार्ट एनआरएनएको संयोजकको जिम्मेवारी दिइयो । जसको परिणाम एमआइएस सिस्टममार्फत संस्थामा अहिलेसम्मकै सबैभन्दा बढी सदस्य बन्न सफल भए भने संस्थाका पञ्जीकृत सदस्यहरुको रेकर्डदेखि सबै संरचनालाई ब्यवस्थित बनाउन सफल पनि हुनु भयो । एनआरएनलाई समयानुकल र प्रविधिमैत्री बनाउन पनि उहाँले महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ ।

साथै उहाँले ‘एनआरएन मोबाइल ब्लड बैंक बस’ परियोजनाको संयोजकको जिम्मेवारी समेत समाल्नु भएको छ । जोशी संयोजक रहेको मोबाइल ब्लड बैंक बस परियोजनाले विश्वभरिबाट सहयोग संकलन गरि चितवनमा पहिलो पटक एनआरएन मोबाईल ब्लड बैंक बस हस्तान्तरण गरिसकेको छ भने सुदुरपश्चिम प्रदेशमा पनि दोस्रो एनआरएनए मोबाइल ब्लड बैंक बस हस्तान्तरण गर्ने अन्तिम तयारीमा जुटेको छ ।


प्रकाशित | १३ आश्विन २०७८, बुधबार १८:२८