सूर्यविनायक र बुढीगंगा नगरपालिकाबीच भगीनी सम्बन्ध कायम गर्ने विषयमा छलफल

भक्तपुर : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापासँग बाजुराको बुढीगंगा नगरपालिकाका जनप्रतिनिधिले भेटघाट गरेका छन् । बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँसहितको टोलीले आइतबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख थापासँग भेटघाट गरेको हो ।

This image has an empty alt attribute; its file name is IMG_5431-1024x683.jpg

मेयर थापालाई भेट्न नगरपालिकाको कार्यालय कटुञ्जेमा आएको टोलीलाई मेयर थापाले भक्तपुरको भाँदगाउले टोपी र खादा लगाएर स्वागत गर्नु भएको थियो ।

सो अवसरमा बुढीगंगा नगरपालिकाका मेयर बानियाँले आफ्नो नगरपालिकाले सूर्यविनायक नगरपालिकाले गरेको विकास निर्माणबाट अत्यन्तै प्रभावीत भएर दुई नगरपालिकाबीच भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको भन्दै भगिनी सम्बन्धका लागि प्रस्ताव राख्नु भएको थियो । उहाँले भगिनी सम्बन्धका लागि नगर कार्यपालिकाको बैठकले निर्णय समेत गरिसकेको जानकारी गराउनु भयो ।

सूर्यविनायक नगरपालिकाका मेयर थापाले आफ्नो नगरपालिकालाई छानेर भगीनी सम्बन्धको लागि निर्णय गरेकोमा खुसी लागेको बताउँदै आगामी बैठकमा प्रस्ताव राखेर अगाडि बढ्ने बताउनुभयो ।

सो अवसरमा नगरपालिकाका प्रवक्ता तथा वडा नंं ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कँडेल, प्रसासकीय प्रमुख राजेन्द्र नेपाल, सूचना अधिकारी अनीरुद्र नेपाल, लेखा अधिकृत सर्वदा पण्डितलगायत जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता थियो ।


प्रकाशित | २६ चैत्र २०७९, आईतवार २२:१३