एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं – साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार एकैदिन २५ सय रुपैयाँले सुनको मूल्य बढेको थियो । तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार ११:२८