काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५२ वटा उजुरी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरि आएका ५५ मध्ये तामेलीमा ५१ वटा, कारवाहीका लागि अदालत गएका १० वटा छन् ।

नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक शान्ता थापाका अनुसार ६ वटा निवेदन भने मिलापत्र भएका छन् । चालु आर्थिक वर्षमा ४ वटा फछ्यौट भएका छन् भने हाल ३६ वटा विचाराधीन छन् । फछ्यौटको अन्तिम चरणमा ५ वटा निवेदन छन् ।
न्यायीक समितिले अदालतमा दर्ता गरेको १० वटै मुद्धा सदर समेत भएको उपप्रमुख थापाले बताउनुभयो । नगरपालिकामा हरेक आइतबार इजलास बस्दै आएको छ ।

उपप्रमुख थापाले चालु आर्थिक वर्षमा प्रभावकारी न्यायिक सेवा प्रवाह तथा मेलमिलाप सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम प्रदान गरिएको र ९ वटै वडामा मेलमिलाप केन्द्र स्थापना भएको बताउनुभयो ।
प्रकाशित | ४ असार २०८०, सोमबार २१:०३