आगामी शुक्रबार निशुल्क स्वास्थ्य परिक्षण गर्दै एनआरएनए कतार

दोहा – गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कतारको राष्ट्रिय दिवसको अवसरमा १८ डिसेम्बर शुक्रबारका दिन निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

एनआरएनए कतारको आयोजनामा हुन लागेको निशुल्क स्वास्थ परिक्षण कार्यक्रम १८ डिसेम्बर बिहान १० बजे देखि ४ बजे सम्म हुने एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिनुभयो ।

अध्यक्ष मुसलमानका अनुसार कान्तिपुर मेडिकल सेन्टरमा स्वास्थ परिक्षण गरिनेछ । निशुल्क स्वास्थ परिक्षण अन्तरगत डाक्टरसङ्ग परामर्श, ब्लड सुगर, युरिक एसिड, कोलेस्ट्रोल, बिएम आई र ब्लड प्रेसर गरि ६ प्रकारका सुबिधा दिने आयोजकका अध्यक्ष मुक्तदाले जानकारी गराउनुभयो । साथै सो कार्यक्रममा सहभागि भई लाभ लिन पनि पनि आग्रह गर्नुभएको छ ।


प्रकाशित | २९ मंसिर २०७७, सोमबार २१:०४