आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ –नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

 


प्रकाशित | २८ पुष २०७८, बुधबार १४:०८