स्थानीय तह कर्मचारी युनियन महाधिवेशन सम्पन्न : साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं : स्थानीय तह कर्मचारी युनियन नेपालको प्रथमः राष्ट्रिय महाधिवेशन भव्यरुपमा सम्पन्न भएको छ । महाधिवेशनले नरबहादुर साउदको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । महाधिवेशनले सहअध्यक्षमा शिवजी भट्टराई, बरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेल, उपाध्यक्ष क्रमशः नारयाणप्रसाद तिमिल्सिना, सुरेन्द्र पाण्डे र सरिता उपाध्याय चयन हुनु भएको छ ।

त्यस्तै सातवटै प्रदेश हेर्ने गरी उपाध्यक्षमा कोशीको उपाध्यक्षमा पुनमकुमार दाहाल, मशेधमा सुधान्सुशेखर प्रसाद, बागमतीमा राजेशसिंह बस्नेत, गण्डकीमा बसन्ती श्रेष्ठ, लुम्बिनीमा देबेन्द्र केसी, कर्णालीमा मोहनबहादुर शाही र सुदुरपश्चिमा दाताराम जोशि चयन हुनु भएको नवनिर्वाचित उपाध्यक्ष नरायाणप्रसाद तिमिल्सनाले बताउनुभयो ।

त्यस्तै महासचिवमा यज्ञराज घिमिरे (गोपाल), उपमहासचिव भुवन गिरी, सचिव नारायण भट्टराई, सरोज तिवारी र धुब्र न्यौपाने, कोषाध्यक्षमा पाण्डप बस्नेत र सहकोषाध्यक्षमा नरेन्द्रदेव भट्ट चयन हुनु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले उद्घाटन गर्दै सुशासन कायम गर्ने कुरामा कर्माचारीको भूमिका प्रभावकारी हुने बताउनुभयो । महाधिवेशनले स्थानीय तहका कर्मचारीको हकहितको सम्बन्धमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यस्तै संसदमा पेश हुन लागेको संघीय निजामती सेवा ऐन कर्मचारी मैत्री बनाउन सरकारलाई आग्रह गरेको छ ।


प्रकाशित | १८ चैत्र २०७९, शनिबार २२:३१