ओखलढुंगा जीप दुर्घटनाः ६ जनाको मृत्यु , ३ जना घाइते

काठमाडौं , ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा भएको जीप दुर्घटनाका सबै मृतकको खनाखत भएको छ । मृतक ६ जनाकै खसनाखत भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षे साङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ वषर्ीय नोर्बु शेर्पा, ४० वर्षीय ङवाङ शेर्पा र ४५ वर्षीया डोमा शेर्पा र वाङदा शेर्पा भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो डडुवाडाँडास्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो ।घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।


प्रकाशित | १७ चैत्र २०७५, आईतवार १६:२०