अष्ट्रेलिया र न्युजिल्याण्डबीचको सिरिज रद्व

एजेन्सी :  कोरोना भाईरसका कारण अष्ट्रेलिया र न्युजिल्याण्डबीचको एकदिवसीय सिरिज समेत रद्व भएको छ । कोरोना भाईरसको महामारी र यात्राको प्रतिबन्धबाट बन्च न्युजिल्याण्डको टिम अब घर फर्कने भएको छ ।

पछिल्लो रिपोर्ट अनुसार अष्ट्रेलियामा सुरु भएको एकदिवसीय सिरिजसंगै न्युजिल्याण्डबिरुद्व हुने तीन म्याचको टी–ट्वान्टी ईन्टेरनेश्नल सिरिज समेत रद्व भएको छ ।

शनिबार बिहान न्युजिल्याण्डको सरकारले सिमा प्रतिबन्ध कडा गरेको छ । र अष्ट्रेलियाबाट आफ्नो देश फर्कनेले १४ दिन आईसोलेशनमा रहनुपर्नेछ । प्रतिबन्ध आईतबार मध्यरातबाट सुरु हुने बताईएको छ ।

अष्ट्रेलिया र न्युजिल्याण्डबीच सुरु तीन एकदिवसीय सिरिजको पहिलो खेल शुक्रबार सिड्नी क्रिकेट मैदानमा दर्शकबिनै खाली रंगशालामा सुरु गरिएको थियो । सो खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ७१ रनले हराएको थियो ।

न्युजिल्याण्डले तिव्र गतिका बलर लोकी फग्र्युसनलाई टिमबाट अलग राखेको छ । घाँटीमा समस्या देखिएसंगै उनलाई टिमबाट बाहिर राखेर परिक्षणमा राखिएको छ । उनको रिपोर्ट आउन बाँकी रहेको छ ।

यस्तै ईङ्ल्याण्ड र वेल्स क्रिकेट बार्ड (ईसीबी)ले समेत कोरोना भाईरसको कारण श्रीलंका भ्रमण रद्व गरेको छ । ईङ्ल्याण्डले श्रीलंकामा चार एक दिवसीय खेल खेल्ने तय भएको थियो ।


प्रकाशित | १ चैत्र २०७६, शनिबार १८:४४