६ घन्टादेखि पासोमा चितुवा: उद्धारपछि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइने

कैलाली: कैलालीको घोडाघोडी नगरपालिका ३ छाडा सामुदायिक वनमा १२ घन्टादेखि चितुवा पासोमा परेको छ। स्थानीयले चितुवा पासोमा परेको देखेपछि संरक्षणकर्मीलाई खबर गरेका थिए। संरक्षणकर्मीहरु चितुवा रहेको स्थानमा पुगे पनि प्राविधिक टोली नहुँदा चितुवाको उद्धार हुन सकेको छैन। पासोले चितुवाको पछाडिको भागमा केही चोट लागेको बताइएको छ । उद्धारपछि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइनेछ । चितुवा आइतबार दिउँसो १२ बजेतिर पासोमा परेको अनुमान गरिएको छ ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार १६:५३