सातौँ भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

भक्तपुर – नयाँ वर्ष २०८० को अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ आयोजना गरिने भएको छ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्यान्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा महोत्सव हुन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ।

चैत २३ देखि ०८० साल वैशाख ३ गतेसम्म ११ दिने महोत्सव आयोजना हुने महोत्सवका संयोजक दीपक थापाले बताए। भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सव हुने जहाँ २ सयभन्दा बढी स्टल रहनेछन्।

आयोजकका अनुसार महोत्सवमा बालउद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारको सांगीतिक र हास्य व्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहनेछ।

महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिनेछ।


प्रकाशित | १४ चैत्र २०७९, मंगलवार ०८:२७