सेयर बजारमा हरियाली

काठमाडौं: शेयर अजारमा हरियाली छाएको छ । आज शेयर बजार २१।७३ अङ्कले बढेर नेप्से परिसूचक १ हजार २९९ अङ्कमा पुगेको छ । आइतबार भने शेयर बजारमा दोहोरो अंकको गिरावट आएको थियो । आइतबार बजार १६.७१ अङ्क घटेको थियो । सोमबार ६३ करोड ३६ लाख ५३ हजार रुपैयाँ बराबरका २० लाख ७५ हजार ४० कित्ता सेयर किनबेच भएको छ । सोमबार बैङ्क तथा वित्त, जलविद्युत्, उत्पादन, बिमा, लघुवित्त, होटल व्यापार सबैको सेयर मूल्य बढेको छ ।

शिवम् सिमेन्ट लिमिटेड र जनता बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । शिवमको प्रतिकित्ता ३८८ रुपैयाँमा ४ करोड ९४ लाख १५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै जनताको पनि प्रतिकित्ता २०७ रुपैयाँमा ३ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बजार बढ्दा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र मल्टिपर्पोस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार १७:०६