नगरबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन सूर्यविनायकका मेयर थापाको सक्रियता, मेलम्चीको पानी वितरण गरिदैं

भक्तपुर । सूर्यविनायक नगरपालिका क्षेत्रभित्र खानेपानी समस्याको समाधान गर्न मेयर बासुदेव थापा सक्रियतापूर्वक लागिपर्नु भएको छ । नगर प्रमुख थापा नगरबासीलाई शुद्ध खानेपालीको पहुँचमा पुर्याउँन सक्रियतापूर्वक लागिपर्नु आउनु भएको हो ।

मेयर थापाको सक्रियता र पहलकै कारण खानेपानीको समस्यालाई समाधान गर्न काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सूर्यविनायक नगरपालिकाबीच ९ बुँदे पारस्परिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्म विद्यमान खानेपानी समस्यालाई तत्काल सम्बोधन गर्न वडा नम्बर ६ स्थित पाण्डोबजारमा रहेको रिजर्भवायरबाट पानी उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड ले नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्म नियमित खानेपानी आपूर्ति गर्ने र नगरपालिकाले खानेपानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापकीय प्रबन्धको व्यवस्थापन गरिनेछ ।

समझदारी पत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख बासुदेव थापा तथा उपप्रमुख सरिता तिम्सिना भट्टराई र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका तर्फबाट उप कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की तथा खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीले हस्ताक्षर गर्नु भएको छ ।


प्रकाशित | ११ चैत्र २०७९, शनिबार २१:४९