लामिछाने, घले र पन्त एकै ठाउँमा देखिंदा एनआरएन वृत्तमा छायो खुसीयाली

काठमाडौं । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. शेष घलेलाई जर्मनीमा स्वागत गरिएको छ । जर्मनी भ्रमणको क्रममा डा. घलेलाई एनआरएनए पूर्व अध्यक्ष जीवा लामिछाने, कुमार पन्त र एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङलगायत गैर आवासीय नेपालीहरुले स्वागत गर्नु भएको हो ।

यता डा. घलेलाई स्वागत गरिएको तस्विर सामाजीक सञ्जालमा सार्वजनीक भएसँगै एनआरएन वृत्तमा खुसीयाली छाएको छ । एनआरएन भित्रको विभाजनले गैर आवासीय नेपालीहरुमा निरास छाइरहेको बेला पूर्व अध्यक्षहरु लामिछाने, घले र पन्तलाई एक ठाउँमा देख्दा एनआरएन वृत्तमा खुसीयाली छाएको हो ।

एनआरएनएको १० औं महाधिवेशनमा डेलिगेट्सको विषयमा विवाद हुँदा डा. घले पक्षबाट छुट्टै महाधिवेशन गरि नयाँ नेतृत्व चयन गरिएको थियो भने संस्थापन पक्षबाट तीन जना अध्यक्षसहित जम्बो कार्यसमिति चयन भएको थियो । जसले गर्दा एनआरएन दुई धारमा विभाजीत बन्दै आएको छ ।

आफ्नो ब्यवसायीक कामको सिलसिलामा बेल्जियम पुग्नु भएको डा. घलेले जर्मनीको सुन्दर शहर हाइडेलबर्गको भ्रमण समेत गर्नु भएको छ ।


प्रकाशित | ४ चैत्र २०७९, शनिबार २०:१५